Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मोबाइल देखाएर बालबालिकालाई खाना नखुवाउन आग्रह


१२ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन्  । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै  उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गरेका छन् ।

यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउनसमेत आग्रह गरिएको छ ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर थाहा नपाउने हुँदा पोषणसम्बन्धी समस्या र पाचन प्रणालीमा समस्यासमेत देखिन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खाना खुवाउँदा अभिभावकले बालबालिकासँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन आग्रह गरेको छ ।

यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ ।

यस्तै बच्चा ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्नाका साथै  सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्जालोले निद्रा लाग्ने हार्मोन उत्सर्जनमा समस्या हुने बताइएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?