Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

माओवादी बैठक : पार्टीको सङ्गठनबारे छलफल


नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा सङ्गठनसम्बन्धी विषयमा छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठक पुनः मङ्गलबार बस्नेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रवक्ता महराले छलफल जारी रहेको बताउनुभयो ।

सञ्चारकर्मीले सोधेको एक प्रश्नको जिज्ञासामा प्रवक्ता महराले गृहमन्त्रीको विषय सरकारको विषय भएको बताउनुभयो । “यो सरकारको विषय हो, प्रधानमन्त्रीले मिलाउनुहोला । यद्यपि स्थायी समिति बैठकमा त्यसबारेमा छलफल होला नै”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?