Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराती


९ असार, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सङ्घर्ष भएको र शान्ति स्थापना भएको बताए । उनले भूगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए ।

‘‘अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सङ्घर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना छ । हाम्रो भूगोल सानो छ । उत्तर दक्षिणतर्फ हाम्रा ठुला देशहरू छन् ।,’’ पर्यटनमन्त्री किरातीले भने, ‘‘तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईँहरूले योगदान गरिदिनुहोस् अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।’’

मन्त्री किरातीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारविरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?