Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

आज शव यात्रा सहित मन्त्री सिंहको अन्त्येष्टि गरिँदै


९ असार, बझाङ । सवारी दुर्घटना परि निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको शनिबार अन्त्येष्टि गरिने भएको छ ।

बुधवार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई शनिवार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजारमा सब यात्रा गरी नेपाली काङ्ग्रेस पाटी कार्यालय चैनपुरमा श्रद्धाञ्जली शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट ढुङ्ग्रीमा अन्त्येष्टि गरिने भएको हो ।

मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लागेकाले चार दिनपछि (शनिवार) आज अन्त्येष्टि गरिन लागिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । डडेलधुराबाट गृह जिल्ला बझाङ आउने क्रममा मङ्गलवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जिप मङ्गलवार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिंहको शव मङ्गलवार राती नै धनगढी ल्याएर बुधवार धनगढी रङ्गशालामा अर्पण पश्चात् हेलिकप्टर मार्फत गृह जिल्ला बझाङ ल्याइएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीको थप उपचारका लागि कोहलपुरबाट काठमाडौँ लगिएको छ ।

मन्त्री सिंहको पार्थिक सरिलमा श्रद्धाञ्जली अर्पण गर्न नेपाल सरकारका परराष्ट्र मन्त्री एन पि साउद, सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह , प्रतिनिधि सभा सदस्य बद्री पाण्डे, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जङ बहादुर सिंह , केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली लगायतका केन्द्रीय नेताहरू बझाङ आइ पुग्नु भएको छ ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?