Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मेचीनगरका विद्यालयलाई ‘फिल्टर मेसिन’ वितरण


९ असार ,झापा । वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ ।

एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य रु छ लाख रहेको छ । केन्द्रले विद्यालयलाई निःशुल्करुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिए ।

फिल्टर मेसिन पाउने विद्यालय मेचीनगर–८ को आदर्श माध्यमिक विद्यालय, वडा नं १० को इस्ट होराइजन आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा नं ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा नं १३ को सहिद दशरथ माध्यमिक विद्यालय र वडा नं १४ को बालसुबोधिनी माध्यमिक विद्यालय रहेका छन् ।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले प्राप्त भएका फिल्टर मेसिनबाट दश हजारभन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित हुने बताए । नगरका अन्य विद्यालयमा पनि शुद्ध पिउने पानीको अभाव पूरा गर्न थप मेसिन उपलब्ध गराउनका लागि वातावरण संरक्षण केन्द्र नेपाललाई अनुरोध गरिएको उनले जानकारी दिए ।

आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले आफ्नो विद्यालयलाई उपलब्ध भएको फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै त्यसको सञ्चालन र प्राविधिक रेखदेख विद्यालयका कर्मचारीले नै गर्ने बताए । यसैबीच, मेचीनगरको भानु आधारभूत विद्यालयको व्यवस्थापन समितिले विद्यालयलाई बन्द हड्तालमुक्त घोषणा गरेको छ ।

सरकारले तोकेको सार्वजनिका बिदाबाहेक विद्यालयको पठनपाठन कहिल्यै अवरुद्ध नहोस् भन्नाका लागि यस्तो निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ओलीले बताए । उनका अनुसार समितिको बैठकमा विद्यालयलाई बन्दमुक्त बनाउने सर्वसम्मत निर्णय भएको हो । विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले उक्त निर्णयमा सहमति जनाएका छन् ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?