Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आठ कृषि फार्मलाई राहत


९ असार ,काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई रु ५४ लाख राहत वितरण गर्ने शुक्रबार निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न स्थानका आठ कृषि फार्मलाई रु ५४ लाख राहत प्रदान गर्ने निर्णय गरेको सो मन्त्रालयले जनाएको छ ।

प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विपद्को समयमा क्षति पुगेका आठ कृषि फार्मलाई राहत प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक एकीकृत कार्यक्रमअनुसार आपत्कालीन र आकस्मिक रोग तथा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत राहत वितरण कार्यविधि २०७९ बमोजिम राहत प्राप्त गर्न इच्छुक कृषकबाट गत मङ्सिर महिनादेखि आवश्यक कागजात माग गरिएको थियो । सो मागबमोजिम आवेदन प्राप्त भएका ४० कृषकमध्ये आठ कृषि फार्मलाई राहत प्रदान गर्ने छनोट भएको मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए ।

बैठकले राहतका लागि छनोट भएका कृषि फार्ममा नोवेल कृषि फार्म धुलिखेल, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फार्म चौरी देउराली, दाजुभाइ एकीकृत बहुद्देश्यीय कृषि फार्म पनौती, गैरी गाउँ कृषि तथा पशुपन्छी फार्म पनौती, टिमभिजन एग्रीकल्चर फार्म पनौती, श्रेष्ठ बङ्गुर फार्म पनौती, एसएस बङ्गुर माछा तथा कृषि फार्म बनेपा, तथा उभौली हाम्रो बङ्गुर फार्म पनौती रहेका जनाइएको छ ।

छनोटमा बाँकी रहेका ३२ आवेदकको आवश्यक कागजात नुगेकाले छानबिन गरी अर्को बैठकबाट निर्णय गरिने बताइएको छ ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?