Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

सहज च्यालेन्ज फन्डद्वारा सेवा प्रदायकलाई आवेदन आह्वान


८ असार, काठमाडाैँ । सहज च्यालेन्ज फन्डले मकै, अलैँची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृङ्खलाहरूमा विद्यमान अवरोधहरू समाधान गर्न नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पर्यावरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्ने जनाएको छ ।

सहज च्यालेन्ज फन्डले आज यहाँ पत्रकार सम्मेलन गरी चौथो र पाँचौँ चरणको सहयोग कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रमका टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्टाक्ट, सहज च्यालेन्ज फन्ड र कोशी प्रदेशमा कृषि सेवा प्रावधान बढाउन फन्डको महत्त्वबारे जानकारी दिए । उनले च्यालेन्ज फन्डको पहिलो पटक आवश्यक उपकरण र दोस्रो राउन्ड डेरीमा कसरी केन्द्रित छ भन्नेबारेमा विस्तृत जानकारी गराए ।

कृषि बजार विकास कार्यक्रमका प्रबन्धक शुभेच्छा श्रेष्ठले उत्पादन विकास तथा गुणस्तर सुधारद्वारा सुधारिएको कृषि गतिविधिका सान्दर्भिकताको बारेमा जानकारी दिए । साथै उनले प्रशोधित खाद्य पदार्थको माध्यमबाट उत्पादन विविधिकरणलाई कसरी सहयोग गर्ने भन्नेबारेमा कुरा बताए । यसैगरी कृषिबजार विकास कार्यक्रमका ब्रजेश मल्लले च्यालेन्ज फन्डले जलवायु र वातावरणीयरूपमा दिगो अभ्यासमा सहयोग गर्ने कम्पनीको प्रकारमा स्पष्ट पारे ।

परियोजनाका उत्पादन विकास तथा गुणस्तर सुधारविज्ञ दिप्ताङ्शु थापाले नेपालको सान्दर्भिक चुनौती र सम्भावित समाधानका बारेमा बताए । परियोजनाका पर्यायवरणीय तथा वातावरणीय विज्ञ विपिन थापाले फन्डले नवप्रवर्तनको माध्यमबाट दिगो परिवर्तन ल्याउने बताए ।

सहज च्यालेन्ज फन्डले रु पाँच लाख देखि रु ५० लाखसम्म सहयोग गर्ने जनाएको छ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ । सहज च्यालेन्ज फन्डको चौथो चरणमा उपकरण तथा मेसिनरी खरिदका लागि सहयोग दिइने छैन भने पाँचौँ चरणमा सहज च्यालेन्ज फन्डबाट प्राप्त हुने सहयोगबाट तीन सय पाँच उपकरण तथा मेसिनरी खरिदका लागि प्रयोग गर्न सकिनेछ ।

यस च्यालेन्ज फन्डका लागि २०८० साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनको समयसीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिनेछ र सफल आवेदकहरूलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिनेछ ।

आवेदकको मागअनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत सहज च्यालेन्ज फन्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य–प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?