Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

श्रीलङ्काले १५ ओभरमै भेट्टायो ओमानले दिएको ९९ रनको लक्ष्य


८ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ ।

जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा ग¥यो ।

श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ६१ बल खेल्दै आठ चौका बनाए । त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन् ।
यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।

यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलङ्काले चार अङ्क जोडेको छ । श्रीलङ्काले पहिलो खेलमा युएईलाई हराएको थियो । तीन खेल खेलको ओमानको पनि समान चार अङ्क नै रहेको छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?