Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

काठमाडाैँ महानगरमा १० रोपनी सार्वजनिक जग्गा खोजी गरी पार्क बनाइयो


८ असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ ।

भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थानसमेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । मालपोत र नापी कार्यालयको समन्वयमा अरु सार्वजनिक जग्गाको पनि खोजी जारी रहेको उनले बताए ।

सार्वजनिक पर्ती र विभिन्न स्थानमा निर्माण भएको उद्यानको जग्गा मिची सँधियारले घर, टहरा निर्माण गरेकाले नापजाँच गरी सार्वजनिक कायम गरिएको वडा कार्यालयले जनाएको छ ।

नयाँबानेश्वरको गौचरणको सार्वजनिक जग्गामा पनि वडा कार्यालय चालु आर्थिक वर्षमै उद्यान निर्माण गरिरहेको छ । पाँच रोपनी जग्गामा बाटो कटाएर करिब डेढ रोपनीमात्र बाँकी रहेको जनाइएको छ ।

सफा, स्वच्छ सहरको विकासका लागि विभिन्न स्थानमा फेला पारिएको सार्वजनिक जग्गामा उद्यानमा निर्माण गर्न लागिएको हो । प्राकृतिक प्रकोपका बेला पनि उद्यान उपयोग हुन सक्ने गरी निर्माण गरिएको जनाइएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?