Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

१५ वर्षमा ३ सय २९ गैँडा मरे


८ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५/७६ मा गैँडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैँडा मरेको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा कम १० वटा गैँडा मरेका थिए ।

निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५/६६ मा १७, आर्थिक वर्ष २०६६/६७ मा २५, आर्थिक वर्ष २०६७/६८ मा १६, आर्थिक वर्ष २०६८/०६९ मा १३, आर्थिक वर्ष २०७०/७१ मा ११ वटा गैँडा मरेका थिए । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ११, आर्थिक वर्ष २०७२/७३ मा १४, आर्थिक वर्ष २०७३/७४ मा २५, आर्थिक वर्ष २०७४/७५ मा २६, आर्थिक वर्ष २०७६/७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३३, आर्थिक वर्ष २०७८/७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् ।

कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैँडा मरेका हुन् । गैँडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको उनले जानकारी दिए । गैँडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैँडा रहेका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?