Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

काठमाडौं महानगरका १२ नगर प्रहरीलाई कारबाही


८ असार, काठमाडाैँ । काठमाडौं महानगरका १२ जना नगर प्रहरीलाई कारबाही गरिएको छ । सर्वसाधारणप्रति अभद्र तथा अपमानजनक व्यवहार गरेको भन्दै महानगरले उनीहरूलाई कारबाही गरेको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरीले असहज व्यवहार गरेको भेट्टाएपछि कारबाही गरिएको जानकारी दिएका छन् ।

फुटपाथ तथा सडकपेटीका व्यापार तथा सामान राखेर अवरोध गरेकाहरूलाई नगर प्रहरीले अपमानजनक व्यवहार गरेको पाइएको छ । पछिल्लो समय महानगर प्रहरीले ठेलामा व्यापार गरिरहेकाहरूलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सर्वसाधारणहरूले पनि महानगर प्रहरीको व्यवहारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?