Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

१ सय १७ वन्यजन्तुको उद्धार


८ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रबाट ११७ वन्यजन्तुको उद्धार गरिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट ती वन्यजन्तुको उद्धार गरिएको हो ।

उद्धार गरिएकोमा सबैभन्दा धेरै अजिङ्गर रहेका छन् । अजिङ्गर ७४ वटाको उद्धार गर निकुञ्जमा छाडिएको छ । कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ११ चित्तल, ११ सर्प, पाँच गैँडा र पाँच घडियाल गोहीको उद्धार गरिएको छ ।

यस्तै चार बाघ, दुई कछुवा तथा एक÷एक गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरोको उद्धार गरिएको तिवारीले जानकारी दिए । उनका अनुसार यसअघि र यस वर्ष उद्धार गरेर हुर्काइएका पाँच गैँडामध्ये दुईवटालाई निकुञ्जमा छोडी सकिएको छ भने तीन वटालाई सौराहामा राखेर हेरचाहा र उपचार गरिँदै आइएको छ ।

अन्य वन्यजन्तु भने उपचार पछि निकुञ्जमा छाडिएको उनले बताए । उद्धार गरिएकामा माउले छाडेका, घाइते अवस्थामा रहेका र समुदायमा गएर क्षति पुर्याउन लागेका वन्यजन्तु रहेका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?