Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

१ सय १७ वन्यजन्तुको उद्धार


८ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रबाट ११७ वन्यजन्तुको उद्धार गरिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट ती वन्यजन्तुको उद्धार गरिएको हो ।

उद्धार गरिएकोमा सबैभन्दा धेरै अजिङ्गर रहेका छन् । अजिङ्गर ७४ वटाको उद्धार गर निकुञ्जमा छाडिएको छ । कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ११ चित्तल, ११ सर्प, पाँच गैँडा र पाँच घडियाल गोहीको उद्धार गरिएको छ ।

यस्तै चार बाघ, दुई कछुवा तथा एक÷एक गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरोको उद्धार गरिएको तिवारीले जानकारी दिए । उनका अनुसार यसअघि र यस वर्ष उद्धार गरेर हुर्काइएका पाँच गैँडामध्ये दुईवटालाई निकुञ्जमा छोडी सकिएको छ भने तीन वटालाई सौराहामा राखेर हेरचाहा र उपचार गरिँदै आइएको छ ।

अन्य वन्यजन्तु भने उपचार पछि निकुञ्जमा छाडिएको उनले बताए । उद्धार गरिएकामा माउले छाडेका, घाइते अवस्थामा रहेका र समुदायमा गएर क्षति पुर्याउन लागेका वन्यजन्तु रहेका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?