Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

पत्रकारमाथि आक्रमण प्रयास गरेको घटनाप्रति महासङ्घको आपत्ति


७ असार, काठमाडाैँ । नेपाल पत्रकार महासङ्घले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुर्व्यवहार गर्नाका साथै आक्रमण प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईंले आज प्रेस विज्ञप्ति जारी गरी प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानूनी बाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको जनाएका छन् ।

महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ । सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरीसहितको एक समूहले बुधबार अनामनगरमा दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासङ्घलाई गराउनुभएको थियो । गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?