Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पत्रकारमाथि आक्रमण प्रयास गरेको घटनाप्रति महासङ्घको आपत्ति


७ असार, काठमाडाैँ । नेपाल पत्रकार महासङ्घले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुर्व्यवहार गर्नाका साथै आक्रमण प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईंले आज प्रेस विज्ञप्ति जारी गरी प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानूनी बाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको जनाएका छन् ।

महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ । सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरीसहितको एक समूहले बुधबार अनामनगरमा दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासङ्घलाई गराउनुभएको थियो । गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?