Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

वेस्ट इन्डिजले नेपाललाई जितका लागि दियो ३४० रनको विशाल लक्ष्य


७ असार, काठमाडाैँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि ३ सय ४० रनको लक्ष्य दिएको छ ।

हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धासित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ३९ रन बनायो ।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलस पुरनले सतकीय इनिङ्स खेले । होपले सर्वाधिक एक सय ३२ रन बनाए । उनले १ सय २९ बलमा १० चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै पुरनले एक सय १५ रन जोडे ।

पुरनले ९४ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । ओपनर ब्रान्डम किङले ३२, रोभमन पवेलले २९, जासोन होल्डरले अविजित १६ रन बनाउनुभयो । बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट लिए । करण केसी, गुलसन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे ।

वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको हो । नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । त्यसैले नेपालका लागि आजको खेल बलियो टोलीसँगको अग्निपरीक्षा हुनेछ ।

वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करण उपाधि जितेको थियो । सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।

यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो । यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?