Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

वेस्ट इन्डिजले नेपाललाई जितका लागि दियो ३४० रनको विशाल लक्ष्य


७ असार, काठमाडाैँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि ३ सय ४० रनको लक्ष्य दिएको छ ।

हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धासित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ३९ रन बनायो ।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलस पुरनले सतकीय इनिङ्स खेले । होपले सर्वाधिक एक सय ३२ रन बनाए । उनले १ सय २९ बलमा १० चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै पुरनले एक सय १५ रन जोडे ।

पुरनले ९४ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । ओपनर ब्रान्डम किङले ३२, रोभमन पवेलले २९, जासोन होल्डरले अविजित १६ रन बनाउनुभयो । बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट लिए । करण केसी, गुलसन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे ।

वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको हो । नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । त्यसैले नेपालका लागि आजको खेल बलियो टोलीसँगको अग्निपरीक्षा हुनेछ ।

वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करण उपाधि जितेको थियो । सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।

यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो । यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?