Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इनारभित्र भेटियो पुरूषको शव


७ असार, धनुषा । धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । विहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयाल स्टोर्स नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले इनारभित्र पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षका एक जना पुरुष व्यक्तिको शव भेटिएको बताए ।

सशस्त्र प्रहरीको सहयोगमा शवलाई इनारबाट बाहिर ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । शवको प्रकृतिबारे तत्काल यकिनासथ भन्न नमिल्ने बताउँदै उनले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?