Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ई–सेवा र एभरेष्ट बैंकबीच सहकार्य, ई–सेवामा भएको पैसा एटीएममा निकाल्न सकिने


७ असार, काठमाडाैँ । डिजिटल वालेट कम्पनी ई–सेवा र एभरेष्ट बैंकले सहकार्यको सम्झाैता गरेका छन् । यो सहकार्यसँगै ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत सहजै झिक्न सक्ने भएका छन् ।

ई–सेवामा रहेको रकम एटिएमबाट निकाल्दा एटीएम कार्ड समेत नचाहिने बताइएको छ । मोबाइलमा आउने ओटीपीमार्फत प्रयोगकर्ताहरूले पैसा निकाल्न सक्नेछन् ।

यसअघि ई–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपथ्र्यो। कार्यक्रममा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–सेवा प्रयोगकर्तालाई ई–सेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरु गरिएको बताए।

एभरेष्ट बैंकका डेपुटी सिईओ विजयकुमार शर्माले ई–सेवाजस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गरेर ग्राहकलाई प्राथमिकतामा राखिएको धारणा व्यक्त गरे।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?