Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ई–सेवा र एभरेष्ट बैंकबीच सहकार्य, ई–सेवामा भएको पैसा एटीएममा निकाल्न सकिने


७ असार, काठमाडाैँ । डिजिटल वालेट कम्पनी ई–सेवा र एभरेष्ट बैंकले सहकार्यको सम्झाैता गरेका छन् । यो सहकार्यसँगै ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत सहजै झिक्न सक्ने भएका छन् ।

ई–सेवामा रहेको रकम एटिएमबाट निकाल्दा एटीएम कार्ड समेत नचाहिने बताइएको छ । मोबाइलमा आउने ओटीपीमार्फत प्रयोगकर्ताहरूले पैसा निकाल्न सक्नेछन् ।

यसअघि ई–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपथ्र्यो। कार्यक्रममा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–सेवा प्रयोगकर्तालाई ई–सेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरु गरिएको बताए।

एभरेष्ट बैंकका डेपुटी सिईओ विजयकुमार शर्माले ई–सेवाजस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गरेर ग्राहकलाई प्राथमिकतामा राखिएको धारणा व्यक्त गरे।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?