Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

लम्पी स्कीनबाट ८ हजार पशुचौपाया सङ्क्रमित


७ असार, बैतडी । बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन् । लम्पी स्कीनबाट दुई हजार तीन सय ४८ बाच्छाबाच्छी, दुई हजार नौ सय ६० गाई, दुई हजार दुई सय ८० गोरु र छ सय ४५ भैँसी सङ्क्रमित भएका छन् ।

लम्पी स्कीन रोगले गाई, गोरु र भैँसी धमाधम मर्न थालेका छन् । हालसम्म एक सय ३५ बाच्छाबाच्छी, एक सय ७६ गाई, एक सय ३२ गोरु र ३० भैँसी मरिसकेका पन्तले जानकारी दिए । लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । घरपालुवा पशुमा सङ्क्रमण र उक्त रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए ।

उनले भने, “घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन् । औषधि उपचार पनि छैन ।”

मकै छर्ने बेला गोरु बिरामी भएको उल्लेख गर्दै विष्टले रोपाइँ गर्न समस्या भएको बताए । उनले भने, “मकै छर्ने बेला गोरु बिरामी भएर समस्या भयो, अब रोपाइँ गर्ने बेला भयो, के गर्ने भन्ने चिन्त छ ।” रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताउनुभयो । जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ ।

नियन्त्रणका लागि सामान्य औषद्योपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उनले भने, “सामान्य औषद्योउपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन् । अहिले सङ्क्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ ।”

लम्पी स्कीन रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड रहेको छ । उनले भने, “रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्छ । जिल्लामा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने, दखुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।

यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?