Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जनशक्तिको अभावमा मन्त्रालयको सेवा प्रभावकारी हुन सकेन : मन्त्री साउद


६ असार ,काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुदा सेवा प्रभावित हुँदै आएको बताएका हुन् ।

“यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति दुई सय ८३ जना मात्र छ”, उनले भने, “कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहँुदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौँ ।”

‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उनले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा गुनासो बढेको बताए । उनले राहदानी सरकारलाई सरकारमार्फत (जिटुजी) खरिद गर्न समयको अभाव भएको भन्दै ‘भेरियसन’ मार्फत खरिद गर्न तयारी रहेको जानकारी दिए ।

“मैले एक देशको राजदूतावासमार्फत पासपोर्ट जिटुजी ‘सप्लाइ’ गर्न सकिन्छ कि भन्ने छलफल गर्दा चार महिनाभित्र गर्न सकिन्न भन्ने कुरा आयो”, उनले भने, “त्यसैले भेरियसनमा जानुपर्ने अवस्था छ ।”

उनले ६६ पेजको छापिएको चार लाख राहदानीमा दुई वर्षको अवधिमा जम्मा पाँच हजार मात्र वितरण भएको बताउँदै यसप्रतिको आकर्षण कम भएकाले मूल्य पाँच हजार कायम गरेको स्पष्ट पारे ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?