Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते


पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिनुभयो । “डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ”, उहाँले भन्नुभयो, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।”

घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?