Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

किसानलाई अनुदानमा ट्र्याक्टर वितरण


६ असार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए ।

मध्यविन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यविन्दु–१५ को कोलकट्टा किसान समूहलाई ट्र्याक्टर हस्तान्तरण गरिएको हो । ट्र्याक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ । ट्र्याक्टर खरिदमा नगरपालिका र समूहले रु सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यविन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताए ।

मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पङ्गेनीले बताए ।

“नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ”, नगर प्रमुख अधिकारीले भने । किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय सङ्कलन केन्द्र र केन्द्रबाट बजारसम्म पुर्याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उनले बताए ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?