Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली


६ असार, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

आज (बुधबार) धनगढी रङ्गशालामा राखिएको उहाँको पार्थिव शरीरमा प्रदेशका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरू, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली दिएका छन् ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ जाँदै गर्दा मङ्गलबार बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । सो अस्पतालले मङ्गलबार साँझ साढे ५ बजे मन्त्री सिंहलाई निधन भएको घोषणा गरेको थियो ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?