Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

निर्वाचित स्थानीय पदाधिकारीलाई नेपाली कांग्रेसले गर्यो मार्गनिर्देशन


५ असार, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहको बजेट तथा कार्यक्रमको प्राथमिकता’  सन्दर्भमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग जुम बैठकमार्फत मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता थियो ।

महामन्त्री थापाले कांग्रेसको सङ्कल्प स्थानीय तह निर्वाचन–२०७९ मा उल्लिखित ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मूल नाराका साथ समावेश भएका विषय शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तीय अनुशासनलगायत विभिन्न विषयमा स्थानीय तहको आगामी बजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

अर्का महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको सम्बन्ध, नागरिकसँगको सहकार्य, पारदर्शिता र जवाफदेहिता, सामाजिक रूपान्तरण तथा स्रोतको समुचित व्यवस्थापनका बारेमा आफ्नो विचार राखेका थिए । प्रचार विभागका प्रमुख विश्वकर्माले विकास र सुशासन सँगसँगै जानुपर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राखेका थिए ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?