Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सीजी नेटको सर्भरमा फेरी समस्या, समाधानमा अझै बेवास्ता


माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ।

इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका छैनन्। इन्टरनेटमा देखिएको उक्त समस्याले ग्राहकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयहरूमा बाधा पुराउनुका साथै जनजीवन कष्टकर त बनेको छ नै यसले डिजिटल नेपालको अवधारणाको समेत खिल्ली उडाएको छ।

समस्याबारे बुझ्न ग्राहक सेवा केन्द्रमा फोन उठेको छैन भने उक्त सेवा प्रदायकका एक कर्मचारीका अनुसार सर्भरमा समस्या देखिएकोले सेवा सुचारु हुन् अझै केही घण्टा लाग्ने छ भने समस्याको पूर्णकालीन समाधानका लागि के हुँदै छ भन्ने बारेमा आफू अनविज्ञ रहेको कुरा समेत उहाँले बताउनुभएको छ।

सेवा सुचारुका दिन देखिनै उक्त सेवा प्रदायकको सेवामा कुनै न कुनै समस्या न आएको दिन सायद बिरलै होला, त्यति मात्रै हैन ग्राहकहरूको फोन नलाग्ने, नउठ्ने र समयमा समस्या समाधान नहुने कुरा त दैनिकी जस्तै बनिसकेका छन्।

प्रविधिको उच्चतम प्रयोग गर्ने र भए मध्येका सेवा प्रदायक भन्दा उत्कृष्ट बन्ने भनेर सुरु गरेको उक्त इन्टरनेट पनि आज सम्मको यात्रामा हाँसोको पात्र मात्रै बनेको छ। सिजी नेटमा यस्ता समस्या एक दिन दुई दिन नभएर प्राय: संधैजसो आउने गरेको देखिन्छ भने समाधानको कुनै उपाय खोजिएको बुझिएको छैन। गत हप्ता पनि यस्तै समस्या आएका कारण ग्राहकहरूको असन्तुस्टी चरम बिन्दुमा पुगिसकेको छ।

कतिपय ग्राहक उपभोक्ताहरूले त सिजी नेटको यस्तो चरम समस्याका कारण अन्य सेवा प्रदायकहरू खोज्न समेत सुरु गरिसकेको पाइएको छ।

तत्कालीन इन्टरनेट सेवा प्रदायकहरू महँगो भएको र राम्रो सेवा दिन नसकेको भन्दै चौधरी ग्रुपले सुरु गरेको उक्त सिजी नेटको हाल भने अझ उदेक लाग्दो देखिएको छ। पटक पटक बनेका अस्थिर सरकारको संरक्षण पाएको चौधरी ग्रुपले खुलेआम लुटतन्त्र मच्चाउँदा समेत सबै पक्ष मौन देखिएका छन् भने गुणस्तरको कुनै सर्वेक्षण वा निरीक्षण त निकै परको कुरा भैसकेको छ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?