Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

विपद् प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार


५ असार, कर्णाली । विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि सामान्य बदली सुरु भए पनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज कार्यकारी समितिको बैठकबाट विपद् पूर्वतयारीको कार्ययोजना बनाएर राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

“आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा आज कार्यकारी समितिको बैठक बस्दैछ”, उनले भने, “यसमा विषयगत मन्त्रालय तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । कार्यकारी समितिको बैठकलगत्तै मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर त्यसलाई अनुमोदन गर्ने मन्त्री जिसीले बताए ।

आन्तरिक मामिला सचिव ध्रुव घिमिरेले मनसुन नजिकिसकेकाले तत्काल विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर आज बिहान ११ः०० बजे कार्यकारी समितिको बैठक राखिएको बताए । उनले भने, “बैठकले विषयगत मन्त्रालय, सुरक्षा निकाय, साझेदार संस्था, नागरिक समाज र सञ्चार क्षेत्रले निभाउनुपर्ने भूमिका निर्धारण गर्नेछ ।”


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?