Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ


५ असार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनि फुर्सदिलो छन् ।

वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनि बताउँछन् । “गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन”, किसान चौधरीले भने, “सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ ।” उनि तीन बिघा जमिनमा धानखेती गर्छन् । धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउँछन् ।

बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ । तयार भएको ब्याड खडेरीले सुक्न थालेपछि उनि चिन्तित छन् । “वर्षा नहुँदा रोपाइँ सुरु भएको छैन, धानको ब्याड सुक्दै गएको छ”, उनले भने, “यस्तै रह्यो भने त कसरी रोपाइँ गर्ने ?”

भीमदत्त नगरपालिका–११ भुजेलाका राजेश जोशी रोपाइँका लागि आकाशको पानीको पर्खाइमा छन् । “रोपाइँको सम्पूर्ण तयारी भइसक्यो, ब्याड पनि तयार छ”, उनले भने, “पानी नपर्दा ढिलाइ भइरहेको छ ।” धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

सुक्खा खडेरीका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकरी हरि जोशीले बताए । “सिँचाइको सुविधा भएको केही ठाउँतिर रोपाइँ सुरु भएको छ”, उनले भने, “अधिकांश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हुनाले सबैतिर रोपाइँ सुरु भएको छैन ।”

उनका अनुसार जिल्लामा अहिलेसम्म करिब दुई प्रतिशतमात्रै रोपाइँ भएको छ । नहर तथा बोरिङको सुविधा भएका केही ठाउँमा किसान रोपाइँ गरिरहेका छन् । कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ ।

कृषकहरूले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन् । सिँचाइको अभावमा रोपाइँमा ढिलाइ हुँदा किसान चिन्तित बनेका छन् ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?