Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

डोटीलाई पुनः पूर्णखोप सुनिश्चितता घोषणा


५ असार ,डोटी । डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालु आर्थिक वर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो । डोटीलाई विसं २०७५ जेठ १९ गते पहिलोपटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गएिको थियो । सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ ।

जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा जगदीश जोशीले बताए ।

पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनुपर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिका जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उपसंयोजक एवं जिल्ला समन्वय समितिका उपसंयोजक स्मृति चुनारा विकले बताईन् । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनुपर्ने उनले भनिन् ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिं खड्काले सबै स्वास्थ्यकर्मीको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका कर्णधार बालबालिकाले सही समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यसञ्चालन गर्नुपर्ने खड्काले बताए ।

डोटी जिल्लामा हाल दुई सय ३६ खोप केन्द्रबाट प्रत्येक महिनाको ८ गतेदेखि १२ गतेसम्म र जिल्ला अस्पतालमा १५ गते नियमित खोप सेवा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । जिल्लामा १५ महिनासम्मका चार हजार चार सय पाँच बालबालिकामध्ये छ शून्य डोज र ३१ जना ड्रपआउट भेटिएका थिए भने १६ महिनादेखि ५९ महिनासम्मका ११ हजार छ सय छ बालबालिकामध्ये १६ जना शून्य डोज, एक सय ६६ ‘ड्रपआउट’ र एक सय जना जिल्ला बाहिर गएका समेत उनले बताए ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?