Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै


४ असार ,गुल्मी । गुल्मीका बाह्रैवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो ।

अनुगमन समितिले जिल्लाको चन्द्रकोट गाउँपालिकाअन्र्तगत वडा नं २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको वडा नं १ र रेसुङ्गा नगरपालिकाको वडा नं १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने भएको हो ।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी गाउँपालिकाको वडा नं ३ र ४ र चन्द्रकोट गाउँपालिकाको वडा नं ६ गरी तीन वटा वडामा कफीको क्षेत्र विस्तार गर्न लागिएको हो । अनुगमन समितिले बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिकाको वडा नं ५ र ८, मदानेको ४ र ७, इस्माको १ र ३ तथा धुर्कोटको ४ र ५ वडामा बाख्राका लागि क्षेत्र विस्तार गर्ने जनाएको छ ।

त्यसैगरी, मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिकाको २, ३ र ४, चन्द्रकोटको ४, छत्रकोटको ३ र ५ एवं गुल्मीदरबारको वडा नं ३ र ४ लाई मकैको क्षेत्र विस्तारमा राखिएको छ । जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन एकाइ खुमलटारमा क्षेत्र विस्तारका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोखरेलले बताईन् ।

समितिले गरेको क्षेत्र विस्तारका लागि छनोटका अधारहरूमा सम्बन्धित स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्तिहरूलगायतका मापदण्डहरू बनाइएकोे जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिएका छन् ।

परियोजनाद्वारा विगत वर्षमा जिल्लाको बाह्र स्थानीय तहमध्ये मकै जोनमा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ गरी ९४ वटा वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको थियो । क्षेत्र विस्तारका लागि सिफारिस समितिको बैठकमा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?