Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हुम्ला जीप दुर्घटना अपडेट : घाइते चालकको मृत्यु


४ असार, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जीप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।

जीप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रमाम उनी सख्त घाइते भएका थिए ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?