Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

उच्च तापक्रमको प्रभावले मकै उत्पादन घट्ने


४ असार, चितवन । जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

लामो समय पानी नपर्दा मकैका बोट सुकेका छन् । केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार जिल्लामा छ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको छ । सिँचाइको व्यवस्था नभएको र उच्च तापक्रमका कारण पराग कण नष्ट हुँदा उत्पादन घट्ने उनको भनाइ छ ।

गत वर्ष जिल्लामा २६ हजार चार सय ७४ मेट्रिकटन मकै उत्पादन भएको थियो भने यो वर्ष उत्पादन १८ हजार पाँच सय ३१ मेट्रिक टनमा सीमित हुने केन्द्रको अनुमान छ ।

जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जाताका मकै लगाइँदै आएको छ । भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा मकै खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?