Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

खोलामा दिसाजन्य फोहोर फाल्ने कन्टेनरलाई महानगरले तिरायो १ लाख जरिवाना


४ असार, ललितपुर । उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्याङ्की सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले एक लाख जरिवाना गरेको छ ।

बा.३ ख. २८० र बा.३ ख.९४०३ नम्बरको कन्टेनरलाई महानगरले दण्ड जरिवाना स्वरूप ५०—५० गरी एक लाख तिराएको हो । अनुगमनका क्रममा महानगर प्रहरीले यी दुई कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई सफा र सुन्दर बनाउने अभियानलाई असहयोग गरेकाले कारबाही गरेको बताए । उनले भने, ‘‘दिसाजन्य फोहोर जथाभाबी फ्याँकेर महानगरवासीको स्वास्थ्यमा खेलबाड भएको छ, यसप्रति हाम्रो गम्भीर आपत्ति छ ।’’

महानगरको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना तिराइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । गत जेठ २४ गते महानगरको नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । महानगरले यो विषय गम्भीर भएको बताउँदै बागमती सभ्यता आयोजना र जिल्ला प्रहरी परिसरलाई पनि ती कन्टेनरलाई कारबाही गर्न पत्राचार गरेको छ ।

दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले अनुगमनका लागि त्यहाँ पुगेको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए ।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टी ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका । प्रति कन्टेनर पाँच सय रुपियाँ लिएर तामाङले खोलामा सेफ्टी ट्याङ्कीका फोहोर फाल्न दिने गरेका पाइएको छ ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?