Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

पहिरोमा फसेका व्यक्तिको हेलिकप्टरमार्फत


४ असार, पाँचथर । अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक –१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

उद्धार गरिएकामा याङवरक –१ निवासी नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, डिकमाया गुरुङ, काजुहाङ गुरुङ, सुनिता गुरुङ, मनबहादुर गुरुङ, सुस्मा गुरुङ, पदमबहादुर खालिङ र मनमाया खालिङ छन् ।

तीन दिनदेखि फसेका उनीहरूको सोमबार बिहान उद्धार गरिएको पाँचथर जिल्लाका प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिएका छन् । प्रहरी प्रमुख खतिवडाका अनुसार उद्धार गरिएका सबै जनालाई च्याङथापु बजारमा स्थानान्तरण गरिएको छ ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?