Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

श्वेत बाराही मन्दिर जाने बाटो ढलानसहित सिँढी निर्माण


४ असार, काठमाडाैँ । नेपाल माहात्म्यमा वर्णन भएअनुसार उपत्यकाका चार बाराहीमध्येको एक श्वेत बाराही मन्दिर क्षेत्रमा जाने बाटो ढलानसहित सिँढीको निर्माण सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका–१ मा अवस्थित बागमती प्रदेश सरकारको रु दुई करोड १० लाखको आर्थिक सहयोगमा बाटो ढलान र सिँढी निर्माण सम्पन्न भएको हो ।

ढलान बाटो र सिँढीको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका पूर्वमन्त्री रामेश्वर फुँयालले अन्तर्राष्ट्रिय पशुपति परिपथ र बौद्ध परिपथ निर्माणका लागि स्थानीय मठ मन्दिरलाई एकीकृत गरी धार्मिक परिपथ बनाउन प्रदेश सरकारले प्रयास गरेको बताए । समाजमा असल काम स्थापित गर्न स्रोत, साधन र सम्पदाको बहुमुखी प्रयोग गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाभित्र रहेका धार्मिक ऐतिहासिक स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए । उत्तर गयाका रूपमा परिचित गोकर्णेश्वर मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास भइरहेको उनले जानकारी दिए ।

वडा नं १ का अध्यक्ष द्वारिका श्रेष्ठ, धार्मिक समितिका सदस्य दामोदर खनाल, स्थानीयवासी बालकृष्ण श्रेष्ठलगायतले ऐतिहासिक, स्रोत साधनको उपयोगमा ध्यान दिन र काठमाडौँ उपत्यकालाई सहजसँग हेर्न सकिने प्राकृतिक रमणीय स्थल श्वेत बाराही मन्दिरलाई धामको रूपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?