Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

श्वेत बाराही मन्दिर जाने बाटो ढलानसहित सिँढी निर्माण


४ असार, काठमाडाैँ । नेपाल माहात्म्यमा वर्णन भएअनुसार उपत्यकाका चार बाराहीमध्येको एक श्वेत बाराही मन्दिर क्षेत्रमा जाने बाटो ढलानसहित सिँढीको निर्माण सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका–१ मा अवस्थित बागमती प्रदेश सरकारको रु दुई करोड १० लाखको आर्थिक सहयोगमा बाटो ढलान र सिँढी निर्माण सम्पन्न भएको हो ।

ढलान बाटो र सिँढीको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका पूर्वमन्त्री रामेश्वर फुँयालले अन्तर्राष्ट्रिय पशुपति परिपथ र बौद्ध परिपथ निर्माणका लागि स्थानीय मठ मन्दिरलाई एकीकृत गरी धार्मिक परिपथ बनाउन प्रदेश सरकारले प्रयास गरेको बताए । समाजमा असल काम स्थापित गर्न स्रोत, साधन र सम्पदाको बहुमुखी प्रयोग गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाभित्र रहेका धार्मिक ऐतिहासिक स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए । उत्तर गयाका रूपमा परिचित गोकर्णेश्वर मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास भइरहेको उनले जानकारी दिए ।

वडा नं १ का अध्यक्ष द्वारिका श्रेष्ठ, धार्मिक समितिका सदस्य दामोदर खनाल, स्थानीयवासी बालकृष्ण श्रेष्ठलगायतले ऐतिहासिक, स्रोत साधनको उपयोगमा ध्यान दिन र काठमाडौँ उपत्यकालाई सहजसँग हेर्न सकिने प्राकृतिक रमणीय स्थल श्वेत बाराही मन्दिरलाई धामको रूपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?