Trending
>>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

‘वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’


गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताउनु भएको छ । मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी आउनुभएका उहाँले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सिर्जना भइसकेको दायित्व पुरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताउनुभयो । “रु. तीस अर्बको हाराहारीमा पूँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरु गरेका आयोजनामा सिर्जना भएको रु. १३ अर्ब ५० करोडको वित्तीय दायित्वले अप्ठ्यारो पारेको छ,” उहाँले भन्नुभयो “शुरु गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ ।

सिर्जना भएको वित्तीय दायित्व पुरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौ ।” मन्त्री जुग्जालीले गण्डकी प्रदेशको सम्बृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कुल बजेटको चार प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने बताउनुभयो । वन र वातावरणको संरक्षणसँगै उपयोग मार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिवद्धता जनाउनुभयो । प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्यवभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर सात बनाइएको मन्त्री जुग्जालीले बताउनुभयो ।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित मन्त्री जुग्जालीलाई नेकपा (माओवादी केन्द्र)को जिल्ला कमिटी, तातोपानी कुण्ड व्यवस्थापन समिति, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य, मंगला र मालिका गाउँपालिकाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । लमसुङ यातायात सञ्जालले जोडियो म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस शनिबार गाउँपालिकाको केन्द्र मुना हुँदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयवासीमा खुसियाली छाएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिनुभयो । धवलागिरिको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भीरमा खनिएको सडक स्तरोन्नति भएपछि बस चल्ने भएको हो ।

बस र जिप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भीरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो । दुई वर्ष लगाएर गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेको थिएन । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङदेखि लुलाङ हँुदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ । लुलाङ गुर्जा सडक निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु ४५ लाख र गण्डकी प्रदेश सरकारले रु ८० लाख विनियोजन गरेका छन् ।

धवलागिरि गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने दुर्गम मलम्पार गाउँमा पनि सडक पुगेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको रु २५ लाख बजेटबाट मल्कवाङ हुँदै मलम्परासम्म सडक जोडिएको र त्यसलाई विस्तार गरेर वडा नम्बर ६ को बुलसँग जोड्न काम भइरहेको जानकारी दिनुभयो ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?