Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा निषेध !


३ असार, विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्ला प्रवेशमा निषेध गरिएको छ । ताप्लेजुङका पहिचानवादीहरूले भट्टराईलाई जिल्ला प्रवेशमा निषेध गरेका हुन् ।

ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेको जानकारी दिएका छन् ।

उनीहरूद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘ताप्लेजुङ जिल्लाबाट निर्वाचित हुनुभएको प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराईले संघीयसभाको औपचारिक बैठकमा दिएको गैरजिम्मेवार हिंसात्मक अभिव्यक्तिबाट देशको सिंगो पहिचानवादी राजनीतिक दल, संघ संस्था, नागरिक समुदायसँग हामी ताप्लेजुङवासी हदैसम्म दुःखित बनेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम जनताहरूको राजनीतिक माग, चाहना, भावना अपेक्षाहरुलाई राज्यबाट सम्बोधन गर्न गराउन संघीय सरकारमा ताप्लेजुङको तर्फबाट एक जिम्मेवार अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा सामाजिक न्यायको आवाज उठाइरहेका आवाजहरुलाई दबाउने यस्तो अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय–समुदायबीच भड्काउ साम्प्रदायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति संघीय सभाको बैठकबाट व्यक्त गर्नुभएकोमा यो अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरुसँग सार्वजनिक माफी माग्नुपर्ने छ । अन्त्यमा प्रदेश नं. १ को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने साथै गृह जिल्ला ताप्लेजुङमा प्रवेश निषेध घोषणा गरिने ब्यहोरा यसै जारी विज्ञप्तिमार्फत सन्देश दिन चाहन्छौँ ।’


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?