Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

‘भारतीय प्राविधिकले नेपाली भूमिमा नापजाँच गरेको नेपाली सुरक्षाकर्मीले सुइँकोसमेत पाएनन्’


३ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनले असार १ गते भारतीय प्राविधिकहरुको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरुले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाए । उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको चर्चा गरे । त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले भने ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु । असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरेको छ । सर्भेका सामानसहित आएका ती प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँकोसमेत पाएनन् ।’

नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वाभाविक मान्न नसकिने उनले बताए । “सत्यतथ्य छानबिनका लागि म सम्माननीय सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु” उाले भने । उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीलाई उचित परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?