Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राहत र उद्धारमा जुट्न योगेश भट्टराईकाे आग्रह


३ असार, काठमाडाैँ । सांसद योगेशकुमार भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा आह्वान गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग थप सक्रियताको अपेक्षा गरे ।

सचिव भट्टराईले भने, “केही दिनदेखि आएको अविरल वर्षाका कारण पूर्वी पहाडका केही जिल्लामा गम्भीर क्षति भएको छ, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर जस्ता जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ, ताप्लेजुङ जिल्लामा सिदिङ्गा गाउँपालिका, सृजङ्गा गाउँपालिका, मैयाखोला गाउँपालिका र त्रिवेणी गाउँपालिकालगायत विभिन्न स्थानमा बाढीपहिराका कारण दर्जनौँ घर नष्ट भएका छन् ।”

ताप्लेजुङ जिल्लामा अहिलेसम्म पाँच जनाको अवस्था अज्ञात रहेको बताउँदै उनले अन्य मानिस पनि सुरक्षा गर्दै नजिकैको विद्यालय, सार्वजनिक स्थानमा आएर बस्नुपर्ने अवस्था आएको बताए ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?