Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

तत्काल उद्धार र राहतमा लाग्न सरकारसँग सांसद दिपक खड्काको आग्रह


३ असार, काठमाडाैँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्नु सरकारसमक्ष आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आज (आइतबार)को वैठकको सुरुमै समय माग गरी उनले भने, “खास गरी सङ्खुवासभामा अहिले सुपर हेवा हाइड्रोपावरमा काम गर्ने मजदुर १६ जना बेपत्ता भएको, तीन जना फेला परेको र एक जना मृत फेला परेको, तीन जना घाइते भएको जानकारी आएको छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराइराखेको सूचना आएको छ, उद्धारमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताहरु सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ ।”

उनले सुपर हेवा हाइड्रोपावरलगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको संसद्मा बताए । उक्त घटनाका कारण खर्बौं रुपैयाँको क्षति अएको अनुमान गरिएको उनको भनाइ छ । बगरमा रहेका सम्पूर्ण बाली नष्ट भएको र ११ वटा घर बगाएर विस्तापित भएको उनले जानकारी दिए ।

सङ्खुवासभालगायत क्षतिग्रस्त जिल्लामा सरकारले तत्काल उद्धार राहत र सहयोग पु¥याउन उनले माग गरे । सांसद खड्काले आफूहरुले आजै बिहान प्रधानमन्त्रीलाई भेटेर राहतका लागि अनुरोध गरेको बताउँदै उनले भने, “पहाडी इलाकाका सुरक्षाकर्मीले मात्रै त्यस क्षेत्रमा भएको क्षतिलाई उद्धार गर्न नसक्ने भएका कारण सभामुखमार्फत सरकारसमक्ष जतिसक्दो चाँडो उद्धार कार्यमा लाग्न र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति राहात र उद्धार गरिदिनु हुन पनि विनम्र आग्रह गर्दछु ।”


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?