Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम


३ असार ,दोधारा चाँदनी । पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ”, उनले भने, “यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।”

उनले यसको कुनै उपचार नभएको बताउँदै सङ्क्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए । “कञ्चनपुरमा यसको प्रकोप बढेको छ, अहिले यसको परीक्षणका लागि प्रदेश सरकारले निःशुल्क परीक्षण गरिरहेको छ”, उनले भने, “यो सिरियस रोग हो, यसका बिरामी स्वस्थजस्तै देखिन्छ, चेक गराएपछि मात्रै पत्ता लाग्छ ।”

सिकलसेलका बिरामी बढ्न थालेपछि स्वास्थ्य कार्यालयले शनिबार बेलौरी नगरपालिकामा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण शिविर सञ्चालन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सिकेलसेलबाट डगौरा थारू र रानाथारू समुदाय बढी प्रभावित रहेकाले बेलौरीबाट निःशुल्क रगत परीक्षण शिविरको सुरुआत गरिएको बताए ।

“यो शिविर यहाँ १० दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षण हुन्छ”, उनले भने, “सम्बन्धित वडाका लागि तोकिएको स्थानमा गई रगत परीक्षण गर्न आग्रह गर्दछु ।”

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले बिरामी बढेपछि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको बताए । “अहिले यहाँबाट तीन हजार बिरामीले औषधि सेवन गरिरहेका छन्”, उनले भने, “पालिकामा औषधि सेवनका लागि सिफारिस माग्न आउनेहरूको स¬ङ्ख्या बढेको छ ।”

उनले यसका रोगीलाई पालिकाको सिफारिसमा महाकाली र सेती प्रादेशिक अस्पतालमा निःशुल्क औषधि पाउने बताए । स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीको टोलीले रगत परीक्षणका लागि नमूना लिने कार्य गरिरहेको छ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?