Trending
>>   आज मिति २०८१ साल माघ ०४ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   डा. भीम रावलद्वारा पार्टीको नाम सार्वजनिक >>   एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली >>   च्याट जिपिटी, एआई अब नेपालका लागि नौलो कुरा होइन : प्रधानमन्त्री >>   जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने >>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन


२ असार ,फुङ्लिङ । वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो ।

तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अहिलेमा विजुली छैन ।

सिरिजङ्गा गाउँपालिका–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ । यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् । दुई विद्युत्गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युतगृह बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए ।

विद्युतगृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । विद्युतगृह बाढीले बगाएपछि पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको वडाध्यक्ष गुरुङले बताए । मोबाइल सेवासमेत अवरुद्ध हुँदै आएको गुरुङले बताए ।

याम्फुदीनमा रहेको पाँच कार्यालय र पाँच घरपरिवारलाई सुरक्षित स्थानमा स्थातान्तरण गरिएका छन् । काबेली खोलामा वर्षासँगै आएको बाढीले उच्च जोखिम रहेको कार्यालय र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । सिरिजङ्गा गाउँपालिका–८ का वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्यचौकी, विद्यालय र कञ्चनजङ्गा संरक्षण क्षेत्रको कार्यालयलाई सुरक्षित स्थान स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।

त्यस्तै उच्च जोखिम पाँच घरपारिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चोम्जोङले बताए । सिदिङवा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्षा भएकाले खोेला तर्न नसकिने अवस्था भएको छ । बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सुदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताए ।

उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावाखोलामा निर्माण गरेको मोटरेबल पुलको एक साइडको पिलर बगाएसँगै यातायाताका साधन आवतजावत ठप्प भएको उपाध्यक्ष कडरियाले बताए । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ । बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालय प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । “विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्”, प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, “सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबारदेखि अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ ।

सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँबाट निकाल्ने उपाय नभएको राईले बताए । सिदिङ्वा र सिरिजङ्गामा गत वर्षको बाढी पहिराले मानवीय तथा भौतिक क्षति गराएको थियो ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?