Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

असार ४ गते समाजवादी मोर्चा गठन हुने


२ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच यही असार ४ गते कार्यगत एकता हुन लागेको उनले बताए ।

समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस विषयमा छलफल जारी रहेको बताए । सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीचको छलफलका टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उपाध्यक्ष पाण्डेको भनाइ थियो ।

उनले थपे, “सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर हिँड्न सहज होस् भनेर यो मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको हो ।” सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तया गर्ने गरी मोर्चा गठन गर्न लागिएको उनले बताए । नेकपा एमालेले संसद् भङ्ग गर्नु गल्ती भएको आत्मालोचना गरेमा मोर्चामा ल्याउन सकिने तर गल्ती स्वीकार नगरे मोर्चामा ल्याउनुको अर्थ नरहने उपाध्यक्ष पाण्डेले उल्लेख गरे ।

फरक प्रसङ्गमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै उनले यसलाई सच्याएर जानुपर्ने बताए । यो सच्याउन नसके सरकारमा बस्नुको अर्थ नरहने उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले बजेट पास हुने समयसम्म सबैको समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?