Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

भारतीय पक्षले दशगजा क्षेत्रमा राख्यो सेन्सर जस्तो देखिने उपकरण


१ असार, झापा । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् ।

स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि त्यसको विरोध भएको हो । नेपाल–भारत सीमा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय पक्षबाट कचनकवल –१ घेरावारी क्षेत्र जडान गरिएको उपकरणको विषयमा हामीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छौँ’ गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले भने । कतिपय साइरनहरू सीमामा रहेको पिलर नै नजिकसमेत राखेको पाइएको उपाध्यक्ष भट्टराई ले बताए ।

‘हामीसँग कुनै समन्वय भएको छैन र राखेको देखेपछि हामी अचम्मित बनेका छौँ’, उपाध्यक्ष भट्टराईले भने । ‘झापाका प्रमुख जिल्ला अधिकारीलाई पनि यस विषयमा जानकारी गराए पनि अहिलेसम्म स्थलगत रूपमा अनुगमन र यस विषयमा केही जवाफ आएको छैन’, उनले बताए ।

सो क्षेत्रमा करिब ४ किलोमिटर क्षेत्रमा यस प्रकारका उपकरण रहेको र भारतीय पक्षले हात्तीको क्षति न्यूनीकरणका लागि साइरन राखेको बताएको पनि उपाध्यक्ष भट्टराईले बताए । ‘पिण्डलवारीदेखि घेराबारीसमम यस प्रकारका साइरनजस्तो देखिने उपकरणहरू राखिएको छ । साइरन हो या अन्य सेन्सर हो भन्ने हामीलाई थाहा छैन र जानकारी पनि आएको छैन’, उनको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूहरूलाई पनि यस विषयमा जानकारी प्राप्त भएको र तत्कालै सशस्त्र प्रहरीलाई पनि जानकारी गराएर त्यस विषयमा जानकारी लिएको बताए । उनीहरूले साइरन राखेको बताएको उल्लेख गर्दै दश गजा क्षेत्रमा नराख्न भनेको पनि उनले जानकारी दिए ।

भारतीय पक्षले दशगजा क्षेत्रमा रहेका साइरन हटाएर दशगजा बाहिर आफ्नै जमिन क्षेत्रमा गाड्ने प्रतिबद्धता जनाएको पनि पोखरेलले बताए । “दशगजाबाट हटाउँछौ भनेका छन् र तत्काल हटाउने कुरा भएको छ” उनले भने । सीमामा हुने यस प्रकारका गतिविधिलाई सूक्ष्म रूपमा हेर्ने र बेवास्ता नगर्ने पनि उनले बताए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?