Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भारतीय पक्षले दशगजा क्षेत्रमा राख्यो सेन्सर जस्तो देखिने उपकरण


१ असार, झापा । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् ।

स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि त्यसको विरोध भएको हो । नेपाल–भारत सीमा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय पक्षबाट कचनकवल –१ घेरावारी क्षेत्र जडान गरिएको उपकरणको विषयमा हामीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छौँ’ गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले भने । कतिपय साइरनहरू सीमामा रहेको पिलर नै नजिकसमेत राखेको पाइएको उपाध्यक्ष भट्टराई ले बताए ।

‘हामीसँग कुनै समन्वय भएको छैन र राखेको देखेपछि हामी अचम्मित बनेका छौँ’, उपाध्यक्ष भट्टराईले भने । ‘झापाका प्रमुख जिल्ला अधिकारीलाई पनि यस विषयमा जानकारी गराए पनि अहिलेसम्म स्थलगत रूपमा अनुगमन र यस विषयमा केही जवाफ आएको छैन’, उनले बताए ।

सो क्षेत्रमा करिब ४ किलोमिटर क्षेत्रमा यस प्रकारका उपकरण रहेको र भारतीय पक्षले हात्तीको क्षति न्यूनीकरणका लागि साइरन राखेको बताएको पनि उपाध्यक्ष भट्टराईले बताए । ‘पिण्डलवारीदेखि घेराबारीसमम यस प्रकारका साइरनजस्तो देखिने उपकरणहरू राखिएको छ । साइरन हो या अन्य सेन्सर हो भन्ने हामीलाई थाहा छैन र जानकारी पनि आएको छैन’, उनको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूहरूलाई पनि यस विषयमा जानकारी प्राप्त भएको र तत्कालै सशस्त्र प्रहरीलाई पनि जानकारी गराएर त्यस विषयमा जानकारी लिएको बताए । उनीहरूले साइरन राखेको बताएको उल्लेख गर्दै दश गजा क्षेत्रमा नराख्न भनेको पनि उनले जानकारी दिए ।

भारतीय पक्षले दशगजा क्षेत्रमा रहेका साइरन हटाएर दशगजा बाहिर आफ्नै जमिन क्षेत्रमा गाड्ने प्रतिबद्धता जनाएको पनि पोखरेलले बताए । “दशगजाबाट हटाउँछौ भनेका छन् र तत्काल हटाउने कुरा भएको छ” उनले भने । सीमामा हुने यस प्रकारका गतिविधिलाई सूक्ष्म रूपमा हेर्ने र बेवास्ता नगर्ने पनि उनले बताए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?