Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना 


३२ जेठ, जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे-फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डोे ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका हुन् ।

आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीयस्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको र यसलाई विस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने प्रदेश ढकालले बताए ।

त्यसैगरी पछिल्लो समय शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुण्डोे सुरक्षित पर्यटक’ भन्ने अवधारणाअनुरूप छिट्टै शे–फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटकोसमेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए । शे–फोक्सुण्डो ताल हेर्न जानेको दैनिक भीड लाग्ने गरेको छ । चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरीचौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरीचौकी दुनै सारिँदै आइएको छ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?