Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने


३१ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिए ।

बैठकमा सांसदहरूले आर्थिक वर्षको अन्त्य भइसकेकाले विषयगत छलफललाई तीव्रता दिन माग गरेका थिए । सांसद शङ्कर भण्डारीले अलपत्र परेका विकासका आयोजनाका कारण खोजी गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।

सडक, ठूला खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेकाले समितिले सरोकार भएकासँग छलफल गरी आइपरेका समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

निर्माण व्यवसायीलाई रु ८० अर्ब दिन बाँकी छ भनी प्रचारप्रसार भइरहेकाले त्यस विषयमा समेत समितिले खोजी गरी सहजीकरण गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो । अदालतको ढिलासुस्तीले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनमा बाधा पुगेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

बैठकमा सांसदहरू प्रतिमा गौतम, डा चन्द्रकान्त राउत, गोकर्णराज विष्ट, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङलगायतले कार्यक्षेत्रका विषयमा प्रवेश गरी छलफललाई तीव्रता दिन माग गरेका थिए ।

आन्तरिक कार्यविधिमै अल्झेर बस्दा बजेटमा छलफल गर्न ढिलाइ भएको उनिहरूको भनाइ थियो । सांसदहरूले वर्षौंअघि ठेक्का भएका पुलका काम अघि नबढेको भन्दै पर्यटकीय सहर पोखरा जाने तनहुँको सडकलगायतको काम छिटो गरिनुपर्नेमा उनिहरूले जोड दिएका थिए ।

समितिको आन्तरिक कार्यविधि पारित भएसँगै विषयगत छलफलमा जोड दिइने समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?