Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्छ : बाबुराम भट्टराई


३१ जेठ, काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् ।

जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आउनुभएका उनले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, “यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले  विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए ।

“द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ”, उनले भने, “त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो ।”  उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि दाबी गरे । “धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ”, अध्यक्ष डा भट्टराईले भने, “थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।”

पूर्वप्रधानमन्त्री डा भट्टराई बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिनु पर्ने बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?