Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मधेसको जनसङ्ख्या सात लाख बढीले बढ्यो


३१ जेठ, जनकपुर । मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले आज बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो ।

यसअघि २०६८ को राष्ट्रिय जनगणनामा मधेसको जनसङ्ख्या ५४ लाख चार हजार एक सय ४५ थियो । २०७८ को गणनामा यो सङ्ख्या बढेर ६१ लाख १४ हजार छ सय पुगेको छ । पुरुष ३० लाख ६५ हजार सात सय ५१, महिला ३० लाख ४८ हजार आठ सय ४९ र अन्य लिङ्गी (तेस्रोलिङ्गी) दुई हजार नौ सय २८ रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले जानकारी दिए ।

मधेसको वार्षिक जनसङ्ख्या वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी पाइएको छ । पछिल्लो गणनामा राष्ट्रिय जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत वार्षिक देखिएको छ तर मधेसमा यो दर १.१९ प्रतिशत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । मधेसभित्र सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रौतहटमा १.६३ प्रतिशत र सबैभन्दा कम पर्सामा ०.८२ प्रतिशत रहेको निर्देशक घिमिरेले स्पष्ट पारे ।

यसैगरी मधेसमा पछिल्ला १० वर्ष (२०६८–२०७८) बीच परिवार सङ्ख्या पनि बढेको छ । विसं २०६८ मा नौ लाख ३२ हजार तीन सय आठ परिवार रहेका थिए । यो सङ्ख्या २०७८ मा बढेर ११ लाख ५६ हजार तीन सय ८३ पुगेको छ । यो वृद्धिदर २४.०१ प्रतिशत भएको प्रतिवेदन उद्धृत गर्दै घिमिरेले बताए ।

मधेसमा पछिल्लो जनसङ्ख्या तालिकाअनुसार सबैभन्दा बढी जनसङ्ख्या धनुषामा आठ लाख ६७ हजार सात सय ४७ र सबैभन्दा कम पर्सामा छ लाख ५४ हजार चार सय ७१ रहेका उल्लेख छ । त्यसैगरी तालिकामा बढी जनसङ्ख्या क्रममा धनुषापछि सर्लाही, रौतहट, बारा, सिरहा, महोत्तरी र सप्तरी छन् । कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुनिकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?