Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

परराष्ट्रमन्त्री साउदले गरे ललितकला प्रदर्शनी अवलोकन


३० जेठ, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?