Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता


३० जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा लामिछाने र गोडरबीच सङ्क्षिप्त भेटवार्ता भएको हो । भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यस अबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?