Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रभु बैंकको सीईओमा शेरचन


प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसक्नुभएका शेरचन पुनः तेस्रो पटक नियुक्त हुनुभएको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उहाँले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाउनुभएको हो । सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उहाँ सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बन्नुभएको थियो । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाउनुभएको हो । जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ हुनुभएको थियो ।

प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ हुनुभएका हो । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्नुहुनेछ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?