Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन


२९ जेठ, जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि रू ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि रू ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई रू २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकालाई रू ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई रू २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई रू २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई रू २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई रू २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?