Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आज मिति २०८० साल जेठ २९ गते सोमबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल जेठ २९ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावी हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउँन सक्छ ।

बृष – सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन – न्यायिक निर्णयहरु तपाईको पक्षमा फैसला नहुने हुँदा त्यस्ता विषयमा आज सामेल नहुदा नै राम्रो रहेकोछ । आट तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम पनि अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा छिमेकीसँग मनमुटाव सिर्जना हुनेछ । व्यापारमा लगानी गर्नको लागि केहि समय कुर्नु नै उत्तम हुनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

कर्कट – बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नया प्रकृतिको योजना फुर्नेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह – महत्वपूर्ण जिम्मेवारी सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच मायामा बिश्वासको वातावरण बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या – अन्य काममा व्यास्त हुँदा पठन पाठनमा आजको दिन खासै मन जाने छैन । स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला – माया प्रेममा सामान्य मनमुटाब हुनेछ भने दाजुभाई सँग घरायसि कुरामा राय बाजिनेछ । उठ्नु पर्ने रकम नउठ्नाले काम हरु समयमा गर्न सकिने छैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । समयको ख्याल नगरे स्वास्थ्य सम्बन्धि समस्य देखिन सक्छ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

बृश्चिक – राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । उपलब्धी बिहिन काममा समय गुज्रिने हुँदा पढाई लेखाईमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुन सक्छ ध्यान दिनुहोला ।

धनु – आफन्त तथा साथिभाईसँग मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मिठा मिठा कुरा गरि भावना साटासाट गरि समय व्यातित गर्न सक्नेछन् । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
​
मकर – व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि कमाईभने न्यून हुँनेछ । घर परिवारमा आफन्त तथा चेलि माईती वीच मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । नयाँ योजना कुनै बनाउँनु भएको भए तत्काल सार्वजनिक नगर्नु नै बेश हुँनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।

कुम्भ – ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउँन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुँनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउँन सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
​
मीन – खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । राजनिति तथा सरकारि काममा सफल भई नाम कमाउँन सकिनेछ । धर्ममा मन जाने हुँनाले धार्मिक स्थल तथा पन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?